हेटौंडाः जिल्ला प्रहरी कार्यालयल मकवानपुरले हिरासतमा रहेका अभियुक्तहरुले भाइटिका लगाउन नपाउने जनाएको छ । टाढा–टाढाबाट आफन्तहरु भेट गर्न आउने भएकाले कोरोना महामारीका कारण भौतिक दुरी कायम गरी भेट गर्नमात्र दिइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले बताउनुभयो ।

तिहारको समयमा अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा २० जना अभियुक्तहरु रहेका छन् । दैनिक १ सय जनाभन्दा बढी अभियुक्तहरु हुने गरेको कार्यालयमा तिहार पर्वमा भने २० जना मात्र अभियुक्तहरु हिरासतमा रहेको प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।