ह्यग्रीव आचार्य, अध्यक्ष भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान

हेटौंडाः पर्सा जिल्लाको बीरगन्जमा जन्मिएर हेटौंडालाई कर्मथलो बनाउनुभएका भीम विराग नेपाली गीत, संगीतमा नेपाली माझ देश–विदेशमा चर्चित हुनुहुन्थ्यो । स्वरसम्राट नारायण गोपालको आवाजमा चर्चित गीतका रचनाकार मात्रै नभएर नेपाली साहित्यमा पनि भीम विरागको महत्वपूर्ण योगदान छ ।

भीम विरागले समाजका लागि, स्रोताका लागि आफ्नो कला, सीप प्रस्तुत गर्नुभए पनि आफ्नो व्यक्तिगत जीवनको सुख, समृद्धिमा कुनै लोभ गर्नुभएन । उहाँको एकल साँझ कार्यक्रम गर्दा भएको आम्दानी पनि व्यक्तिगत लाभका लागि नभई संगीत, साहित्यकै क्षेत्रमा लगानी गर्न भन्नुभएपछि उहाँको जीवनकालमै ‘भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान’ को उत्पत्ति भएको बताउनुहुन्छ प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य ।

प्रतिष्ठानका गतिविधि र आगामी योजनाका विषयमा भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यसँग गरिएको कुराकानी शनिबार बिहान ६ः३० बजेको कार्यक्रम खबर चर्चा र शनिबार साँझ ६ः२० बजेको निकास सामुदायिक खबरमा सुन्न सक्नुहुनेछ । रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले www.radionikas.com मा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।