जिल्ला समन्वय समिति मकवानपुरले असोज २५ गते आइतबार जिल्लाका स्थानीय तहहरुको वार्षिक समीक्षासहितको जिल्ला समीक्षा गोष्ठीको आयोजना गर्यो । समीक्षा गोष्ठीमा मकवानपुर जिल्लाका १० वटै स्थानीय तहले आआफ्नो आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यप्रगति प्रस्तुत गरे । जिल्ला समन्वय समितिको आयोजनामा भएको प्रस्तुतीमा स्थानीय तहका सकारात्मक पक्ष र समस्याका बारेमा धेरै कुरा जानकारी हासिल भएको र समीक्षाका क्रममा स्थानीय तहलाई आवश्यक सुझाव समेत दिइएको बताउनुहुन्छ जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल । जिल्ला समीक्षा गोष्ठीकै सन्दर्भमा रहेर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः केहिदिन अघि मात्रै जिल्ला समन्वय समितिले जिल्लाको समिक्षा बैठक सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा मकवानपुर जिल्लाका स्थानीय तहहरुले र समग्र जिल्लामा के कस्ता सकारात्मक र उपलब्धीका कामहरु भयो ?
खुलालः हामीले वार्षिक समीक्षा बैठकको आयोजना गर्नु नियमित प्रक्रिया होे । यसपालि अलि ढिला भयो । खासगरी कोभिड–१९ को प्रभावले गर्दा अलि ढिलो भयो । स्थानीय तहमा अब कामहरु देखिन थालेका छन् । थुपैै्र कामहरु भौतिक निर्माणका कामहरु पनि छन् । सामाजिक क्षेत्रमा पनि थुपै्र प्रयासहरु भएको पाइयो । तर केहि त्रुटिहरु पनि छन्, कमजोरीहरु पनि छन् । जसका बारेमा खासगरी स्थानीय तहहरुले दीर्घकालीन योजना रणनीतिक योजनाहरु निर्माण गर्न सकेका छैनन् । ५ वर्ष, १० वर्ष, २० वर्षका योजना बनाउनु पर्दथ्यो । हामीले सुरुदेखि भन्दै आएका छौं । त्यो कुरामा अहिले पछि नै छ । त्यसपछि सामाजिक क्षेत्रमा दुई वटा कमजोरी देखियो । एउटा चैं सामाजिक क्षेत्र छुटाइएको बजेट पनि खर्च कम भएको, दोस्रो चै समाजिक क्षेत्रलाई जुन उचाईमा लिएर जानु पर्दथ्यो त्यस खालको मनस्थिति अहिले पनि अलि कमि नै देखियो । सामाजिक क्षेत्रमा हामीले बारम्बार भनिरहेको कुरा के थियो भने विकासका चरणहरु खाली भौतिक निर्माण मात्र होइन । समाजका सम्पूर्ण मस्थिति समुन्त भएर जानु पर्दछ । त्यसो भएको हुँदा सामाजिक क्षेत्रमा धेरै काम गर्नु पर्दछ भनेर हामीले भन्दै आएका थियौं ।
अर्को एकदमै ध्यान दिनुपर्ने कुरा के छ भने राजश्व वृद्धिका लागि स्थानीय तहहरुले विशेष योजनाहरु बनाउनु पर्दछ । हामीले समीक्षामा पनि त्यहि कुरा देखिन्छ । जहिलेसम्म आफ्नो आम्दानी पर्याप्त हुँदैन तबसम्म त्यो स्वाबलम्बी भयो भन्न सकिँदैन । त्यसको निमित्त अहिले पनि स्थानीय तहहरु संघले, प्रदेशले बजेट कम दियो, पुगेन, दिएन भनेर भन्ने खालका गुनासाको रुपमा आउने गरेको छ । स्थानीय सरकार अझैपनि सरकारको ग्य्राभिटी अनुरुपले उपस्थिति हुन सकेको छैन भन्ने देखिन्छ । त्यसो भएको हुँदा राजश्व वृद्धिका लागि अब खाली राजश्वको दरमा केन्द्रित हुने चाही होईन । दायरालाई कसरी बढाउन सकिन्छ ? हाम्रो राजश्व वृद्धिका दायराहरुले चाही कहाँ कहाँ पुग्न सक्छौं ? त्यसको निमित्त हामीले के गर्नु पर्दछ ? समग्र योजना रजश्व वृद्धिका योजना बनिसकेको योजना बनिसकेको अवस्था छैन ।
समाजः रणनीतिक योजना र राजश्व वृद्धि गरी आत्मनिर्भर हुने पक्षमा जानका लागि स्थानीय तहले के गर्नुपर्ने छ अथवा जिससले के सहजीकरण गर्न सक्छ ?
खुलालः गाउँपालिका, नगरपालिकाभित्र रहेका ठाउँहरुमा, क्षेत्रहरुमा व्यवसायको हिसाबले के–के गर्न सकिन्छ ? त्यो कुरामा केन्द्रित हुनुपर्यो । उद्योग, व्यापारहरु अगाडि बढाउनको निम्ति के–के गर्न सकिन्छ ? त्यो कुरा गर्नुपर्यो । त्यसपछि हामीसँग भएको प्राकृतिक स्रोतलाई ठिक ढङ्गले राम्रोसँग उपयोग कसरी गर्न सकिन्छ । जसलाई राजश्वमा बदल्न सकियोस् । त्यसलाई व्यवस्थित भएर जान केन्द्रित हुनुपर्यो।
समाजः राजश्वको विषय जोड्नु भयो । रणनीतिक योजनाको पक्षमा चाही कर्मचारी र जनप्रतिनिधी बीचको तालमेल नमिलेको अथवा त्यो खालको अवधारणा बनाउन नसक्नु पछाडि कस्ता समस्याहरु देख्नु हुन्छ ?
खुलालः स्थानीय तह अलिकति अधिकार सम्पन्न भयो । त्यसमा एक, डेढ वर्ष रमाउने कुरा भयो । त्यसले गर्दा समय गयो । दोस्रो वर्ष आउँदा बजेटहरु पेश गर्दा त्यही परम्परागत शैलीबाट बजेट प्रस्तुत हुँदै गयो । मैले ५ वर्ष पछाडि छाडेर जाँदाखेरी मेरो आफ्नो गाउँपालिका, नगरपालिकालाई यस्तो दिन्छु भनेर भन्ने चिज दिमागमा बनेन । नेतृत्वको दिमागमा बल्ल त्यो दिमागमा बन्न थालेको छ । त्यसमा तालमेल पनि गर्न सकिन्छ । कर्मचारीहरु हुन्थे कतिपय योजनाकारहरु चाहिन्थ्यो । रणनीतिक योजना बनाउने यी सबै राखेर हाम्रो यातायात क्षेत्रमा हामी कहाँ पुग्छौं ? बाटो निर्माण गर्दा कहाँ पुग्छौं ? भौतिक निर्माणहरु के–के गछौं ? जस्ता कुरा क्षेत्रमा कुन–कुन कुराहरु गर्छौं भनेर हामी तय गर्न सक्नु पर्दथ्यो । केही पालिकाहरु अलि व्यवस्थित छन् । रणनीतिक रुपमा योजनाहरु बनाएर घोषणा नगरे पनि कतिपय ठाउँमा यातायात गुरुयोजनाहरु बनेका छन् । पर्यटन विकासका लागि गुरुयोजनाहरु बनेका छन् । समग्र पालिकाको रणनीतिक योजना ५ वर्ष, १० वर्ष, २० वर्षमा कहाँ पुर्याउँछौं भन्ने तहको जुन योजना हुुनुपर्छ । जो पछाडी आउने नेतृत्वले टेकेर हिँडोस् । त्यस खालको योजनाहरु बनेन भन्न खोजेको हो ।
समाजः यो स्थानीय तहहरुले जिल्ला समन्वय समिति एक खालको समन्वय गर्ने त्यहाँ धेरै शासन गर्ने भूमिका छैन । अब स्थानीय तहहरुका लागि यो आर्थिक वर्षमा जिल्ला समन्वय समितिले गर्ने सहजीकरणको प्रमुख मुद्दा चाही के बन्छ ?
खुलालः विगतमा गरेको जस्तै काममा हामी केन्द्रित हुन्छौ । किनभने अहिलेसम्म जिल्ला समन्वय समितिले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । त्यसलाई सकारात्मक रुपमा लिएको पाउँछौं । त्यस रुपले पनि हामीले थप ढङ्ग पुर्याएनौं कि भनेर सोची राख्नुभन्दा गरिरहेको कामलाई निरन्तरता दिनुपर्छ । एउटा जिल्ला समन्वय समिति आफैमा केहि होईन । तर केहि नहुँदा पनि स्थानीय तहले जति राम्रो काम गर्छ त्यसैमा रमाउने हो । हामी त्यसैमा खुसी हुने हो । त्यसो भएको कारणले गर्दा सहजीकरण को पाटोमा हामी केन्द्रित हुन्छौं । अहिले मैले जे कुरा उठाएँ जस्तो राजश्व वृद्धिको सन्दर्भ रणनीतिक योजनाको सन्दर्भमा स्थानीय तहका नेतृत्वको दिमागमा भोलि पनि पुग्न सक्नुहुन्छ अहिलेका निर्वाचित साथीहरु निर्वाचित भएर आउन सक्ने भावना रहन्छ । जुन दिमागमा परोस् भन्ने छ । त्यहाँ पनि केन्द्रित हुन्छौं ।
हामीलाई दिइएको जिम्मेवारीहरु पूरा गर्न अनुगमनका क्षेत्रहरु छन् । जसलाई वृहत रुपमा गर्छौं । यसपालि हामिले प्रथम चौमासिक र दोस्रो चौमासिकमा पनि जान्छौं । तेस्रो चौमासिकमा पनि जाएर अनुगमनमा केन्द्रित हुन्छौं । हामीलाई के लागिराखेको छ भनेदेखि हाम्रो मुख्य उद्देश्य भनेको असारे विकासको प्रवृत्तिलाई तोडनु पर्छ । कमसेकम पालिकाहरुको असारे विकासको प्रवृत्तिलाई तोड्नुपर्छ । हामीलाई प्रथम चौमासिकमा धुमधाम बाटा घाटाका कामहरु, विकास निर्माणका कामहरु अगाडि बढे भनेर भनुभन्दा पनि प्रथम चौमासिकमा स्थानीय तहहरुले बजेट कार्यक्रम भर्खरै पेश गर्नुभएको छ जुन प्रथम चौमासिकमा पेश गरिएको नीति कार्यक्रम अनुरुपका योजनाहरु कतिपय उपभोक्ता समिति बनाउनु पर्ने होला, लागत अनुमान गर्नुपर्ने होला, ठेक्का बन्दोबस्त गनुपर्ने होला । प्रथम चौमासिक ती कामहरु भए की भएनन् भनेर केन्द्रित रहेर हामी अमुगमन गएका छौं । कोभिडको सङ्क्रमणमा पनि स्थानीयहरुमा कसरी जाने एउटा तर पनि भन्ने अवस्था त्यसमा पनि एउटा विस्तृत छलफल गरेका छौं ।
समाजः स्थानीय तहहरु बीच जुन खालको समन्वय हुनुपथ्र्यो, सहकार्यमा केही योजनाहरुको काम हुनुपथ्र्याे त्यसो हुन सकेन । सबै आ–आफ्नो शैली र मार्गमा हिँडे । एकअर्काका अनुभव अदान–प्रदानका कुराहरुमा पनि ध्यान पुगेन कि भन्ने पनि कुरा छ ।
खुलालः त्यसमा काम गरेर देखाउँ भनेर केहीकेही गरेका छौं । जस्तो हामीले जिल्ला सभामा स्थानीय तहहरुलाई प्रतिस्पर्धा गराउँछौं । हामीले सूचकहरु बनाएका छौं । उहाँहरुको स्वःमुल्याङ्कनको आधारमा हामीले पुरस्कृत गर्ने, सम्मान गर्ने गरेका छौं । रचनात्मक प्रतिस्पर्धा बढोस् भनेर त्यो गर्ने गरेका छौैं । अर्काे भनेको भर्खर गरेको वार्षिक समिक्षा हो । त्यसमा १० वटै स्थानीय तहले समग्र रुपमा सम्पन्न गरेका आफ्ना कामहरुको प्रस्तुती गर्नुुहुन्छ । त्यहाँबाट एकअर्काले धेरै चिजहरु राम्रा कामहरु सिक्न सक्छन् । जस्तै स्थानीय तहहरु मिलेर अलि ठूला खालका योजनाहरु करोडौं करोडका योजनाहरु सम्पन्न गर्नको निमित्त दुई वटा, तीन वटा पालिका मिलेर पनि काम गर्न सकिन्छ । बाटो निर्माण गर्ने सन्दर्भमा पनि सकिन्थ्यो । त्यो चाही हुन सकेको छैन । जिल्ला समन्वय समितिसँग जनशक्ति यति कम छ की विस्तृत रुपमा ठूला योजनाको बारेमा सोच्न सक्ने अवस्था बन्दैन । एकदम सिमित एक जना इन्जिनियर एक जना सब–इन्जिनियर लिएर कति काम गर्ने ? त्यसमा हामीलाई काम दिएको ढुङ्गा, गिट्टी, बालुवाको त्यसमा हामी हराउनुपर्छ । हामीसँग भएको सिमित साधन स्रोत हामीसँग जे क्षमता छ । त्यो क्षमतालाई सकभर बढीभन्दा बढी प्रयोग गर्यो‘स्थानीय तहले रणनीतिक योजना र राजश्व वृद्धिमा ध्यान दिनुपर्यौं भन्ने लागेको छ । तर त्यो धेरै गर्नुपथ्र्यो होला । अहिले जति गरिएको छ । एकदम सन्तुष्ट छ भनेर भन्न सकिँदैन ।
समाजः स्थानीय तहका कामका विषयलाई लिएर आम नागरिक सरोकारवालाले पनि गुनासा गर्ने गरेका छन् । नागरिकको गुनासालाई लिएर तपाईहरुले स्थानीय तहलाई कसरी ध्यानाकर्षण गराउनुहुन्छ ? स्थानीय तहले कसरी गुनासोको सुनुवाई गरिराखेको पाउनु भएको छ ?
खुलालः हामीले अनौपचारिक रुपमा पनि अनुगमन जाँदा हामीले पनि स्थानीयलाई प्रश्नहरु राख्छौैं । यहाँ यस्तो के छ ? हामीले चाहेको क्षेत्र विषयहरु पूरा नभएको आएको असन्तुष्टीहरु भेटियो । तर समग्रमा काम चाही गरेको छ । हामीले भनेको चाही बनेको छ । परिस्थिती यो छ । त्यसो भएका हुदाँखेरी स्थानीय तहमा गरेका कामहरु देखिन थाले । थाहामा हेर्यो भने धेरै देखिन्छ । सुरुमा बागमतीमा पनि जहिले पनि कमजोर हुन्थ्यो । हामी अनुगमन जाँदा ल्याङ्ग फ्याङ्ग हुन्थ्यो । तर यसपालि सशक्त लाग्यो । प्रस्तुती पनि राम्रो थियो । त्यहाँ व्यवस्थित भएको छ । अरु गाउँपालिकाले गर्दै आएको छ । सिलसिलेवार ढङ्गले योजना बन्नुपर्छ । त्यो कुरा गर्न सकेको छैन । त्यसमा कमी छ । अब बन्छ भन्ने आशा गर्न सकिन्छ ।
यो भने धेरै देखिन्छ । सुरुमा बागमतीमा पनि जहिले पनि कमजोर हुन्थ्यो । हामी अनुगमन जाँदा ल्याङ्ग फ्याङ्ग हुन्थ्यो । तर यसपालि सशक्त लाग्यो । प्रस्तुती पनि राम्रो थियो । त्यहाँ व्यवस्थित भएको छ । अरु गाउँपालिकाले गर्दै आएको छ । सिलसिलेवार ढङ्गले योजना बन्नुपर्छ । त्यो कुरा गर्न सकेको छैन । त्यसमा कमी छ । अब बन्छ भन्ने आशा गर्न सकिन्छ ।