वत्सराज कोइराला

जीवनलाई सजिलो सोचे सरल तरिकाले निर्वाह गर्न सकिन्छ, गाह्रो सोचे कष्टकर हुन्छ । प्रकृतिअनुसार कोहि एक्लै बस्न रुचाउछन् त कोही सामुहिक रुपमा
यि सबै सोचाइमा भर पर्ने कुरा हुन् । यसै सन्दर्भमा वत्सराज कोइराला लेख्नुहुन्छ ।


कवि हूँ, एक्लै मनको रागमा रमाई रहेको छु ।
आफ्नै पसीनाको दाल, भात, सागमा रमाई रहेको छु ।।
दुनियाँको रंगमञ्चको एक जुनियर आर्टिस्ट म त ।
समयले दिएका घाउका दागमा रमाई रहेको छु ।।

उनले सुनुन्, नसुनुन् बोलिरहेको हुन्छु ।
हृदयको प्रेम ढोका खोलिरहेको हुन्छु ।।
बुझ्लिन् अवश्य पक्कै यी मूक शब्द मेरा ।
हरदम म प्रेम प्याला घोलिरहेको हुन्छु ।।

मुस्कुराउने कारण पनि तिमी नै हौ माया ।
रुवाउने कारण पनि तिमी नै हौ माया ।।
संसारलाई रमाइलो तिमीले नै पार्छौ तर ।
चोट खाने कारण पनि तिमी नै हौ माया ।।

अनेकौं स्वप्न पालेर बसालेको
शहर हो यो,
सधैं आनन्दले ज्यूने सबै खाले
रहर हो यो,
सबै छन् भोगमा लिप्त यो कस्तो
उग्र तृष्णा हो,
हेर्दा अमृत झैं लाग्ने मीठो मीठो
जहर हो यो ।