हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–५, फास्टट्र्याक नजिक अटो अनियन्त्रित भई पल्टिँदा एक बालक घाइते भएका छन् । मदन भण्डारी लोकमार्ग अन्तर्गत हेटौंडाबाट गरगरेतर्फ जाँदै गरेको ना २ ह ६०४ नम्बरको अटो ब्रेक फेल भएर सडकमा पल्टिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा अटोमा सवार १२ वर्षीय पालसाङ तामाङ घाइते भएका छन् भने अटो चालक बकैया गाउँपालिका–७ का ६३ वर्षीय मिलन कुमार स्याङतान सकुशल रहेका छन् । घाइते बालकको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ । उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पताल लगिएको प्रहरीले जनाएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले कार्यालय जनाएको छ ।