लदी पर्वको अवसरमा विदा दिने निर्णयसम्बन्धमा गाउँपालिकाले जारी गरेको सूचना ।

हेटौँडा : माझी समुदायको प्रमुख पर्व कोशी पूजा (लदी पर्व) को अवसरमा फागुन २० गते मंगलबार मकवानपुरको बकैया गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाले मंगलबार लदी पर्वको अवसरमा विदा दिने जानकारी गराएको हो ।

बकैया गाउँपालिका कार्यालयको फागुन १३ गते बसेको बैठकले लदी पर्वको अवसरमा विदा दिने निर्णय गरेको जनाइएको छ । मंगलबार गाउँ कार्यपालिकाको कार्यालय, गाउँ कार्यपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।