हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४, ज्वालादेवि टोलस्थित मगर टोलमा सोमकुमार कार्कीको गोठमा आगलागी भएको छ । मंगलबार राती ८ बजेर २५ मिनेटको समयमा सोकुमारकोे गोठममा कुडो पकाउन बालेको आगोबाट आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।आगलागीबाट सोमकुमारको गोठ जली नष्ट

आगलागीबाट गोठ भित्र रहेको पराल, दाउरा पुर्ण रुपमा जलेर नष्ट भएकोे थियो । आगलागिबाट १ लाख ५० हजार बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट मानवीय तथा चौपाय क्षति नभएको र स्थानियको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।