हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–७, हिरामनीमा मिक्स्चरले ठक्कर दिँदा एकजना कामदार घाइते भएका छन् । मंगलबार बिहान ११ बजेको समयमा हिरामनी हात्तिखोला जोड्ने निर्माणाधिन पुलमा काम गर्ने कामदारलाई बा प्र ०१–००४ क २८८० नम्बरको मिक्स्चरले ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मिक्स्चरको ठक्करबाट भिरकोटका ५० वर्षीय केशव राई मध्यम घाईते भएका छन् । घाइते केशवको हेटौँडास्थित सञ्चो अस्पताल उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । मिक्स्चर चालक सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–१० का ३० वर्षीय राजकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।