सांकेतिक तस्वीर ।

हेटौँडा : सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१०, पुर्वेलीटोलमा रुखबाट लडेर घाइते भएका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय प्रेम बहादुर मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार साँझ ५ बजेर ३० मिनेटको समयमा कटमेरको रुखमा चढेर घाँस काट्ने क्रममा लड्दा मगर गम्भीर घाइते भएका थिए । घाइते मगरलाई उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली लगिएको थियो । उपचारको क्रममा मगरको शनिबार बेलुका ८ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।