हेटौंडा : प्रथम संस्करणको अन्तर नगरपालिकास्तरीय आमन्त्रण सितोरियो कराँते प्रतियोगितामा सहभागी हुने हेटौंडाका खेलाडीलाई बिदाइ गरिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा बुधबार र बिहीबार सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरिएको हो ।
मंगलबार हेटौंडा–४ स्थित सितोरियो कराँते संघ मकवानपुरको कार्यालयमा खेलाडीलाई बिदाइ गरिएको छ । संघका अध्यक्ष दीपक लामाको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा ७ जना महिला र ७ जना पुरुष गरी १४ जना खेलाडीको बिदाइ गरिएको छ । खेलाडीहरुको प्रतिनिधित्व गरेर प्रशिक्षक रामलाल थोकर, व्यवस्थापक भीम घलान र रेफ्री विष्णु श्रेष्ठ जानु हुनेछ । खेलाडीलाई बिदाइ गर्नुहुँदै नगर प्रमुख लामाले प्रतियोगितामा सहभागी हुने सबै खेलाडीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
अन्तर नगरपालिकास्तरीय कराँते प्रतियोगितामा पुरुषतर्फ ४० केजी तौल समूहबाट सुकुलाल मोक्तान, ४५ केजी तौल समूहबाट सवाल सिंह घलान, ५० केजी तौल समूहबाट अमन घलान, ५५ केजी तौल समूहबाट छोइसाङ थोकर, ६० केजी तौल समूहबाट विकास राई, ६७ केजी तौल समूह बाट उसित लामा सहभागी हुने भएका छन् । महिलातर्फ ३५ केजी तौल समूहबाट अनुस्का लोप्चन, ४० केजी तौल समूहबाट प्रीति थिङ, ४५ केजी तौल समूहबाट सुरक्षा मैनाली, ५० केजी तौल समूहबाट सुजता भोलन, ५५ केजी तौल समूहबाट प्रमिला थिङ, ६१ केजी तौल समूहबाट आकृति पुलामी र डोल्मा भोम्जन सहभागी हुने भएकी छिन् ।