हेटौँडा ः जिल्ला प्रहरी कार्यालय बाराले अवैध सामानसहित २ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । सोमबार बारा प्रहरीले एक विज्ञप्ती जारी गर्दै ३९ लाख ८४ हजार बराबरको समानसहित मिनि ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्र.०१–०२–००१ ख ८०८६ नम्बरको ट्रक र तेलकुवाबाट बरियारपुर तर्फ जाँदै गरेको ना ७ ख ३४३९ नम्बरको मिनि ट्रकबाट अवैध सामान बरामद गरेको थियो । प्रहरीले बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको ३९ लाख ८४ हजार ७ सय ६० रूपैया बराबरको सामान बरामद गरेको थियो । प्रहरीले ट्रक र बरामद गरेको सामानलाई नियन्त्रणमा लिएको छ ।