हेटौँडाः जिल्ला प्रहरी कार्यालय बाराले ६२ किलोग्राम लागूऔषध गाँजासहित २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । आइतबार राती ९ बजेर ४० मिनेटको समयमा बाराको सवर्ण गाउँपालिका–३, बकतौरा स्थित नेपालबाट भारत तर्फ जाँदै गरेको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बा प्र ०२०४१ प ५७३७ नम्बरको मोटरसाइकल र ना ६३ प ३९८८ नम्बरको मोटरसाइकल चालक प्रहरीलाई देखी फरार भएका थिए । प्रहरीले मोटरसाइकलबाट ४ वटा पोकामा ६२ किलो ४ सयग्राम लागूऔषध गाँजा बरामद गरेको थियो । मोटरसाइकल नियन्त्रणमा लिई चालकको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।