हेटौँडा ः चितवन जिल्लाको माडी नगरपालिका–३, राष्ट्रिय निकुञ्जको जंगलमा गैंडाको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय छविलाल बोट रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मंगलबार दिउँसो २ बजेर १० मिनेटको समयमा निकुञ्जको जंगलमा भैंसी चराउन गएका छविलाललाई जंगली गैंडाले आक्रमण गर्दा घटना स्थलमानै मृत्यु भएको थियो । गैंडाको आक्रमणबाट छविलालसंगै गएका ५० वर्षीय हेमराज महतो, ६८ वर्षीय कृष्ण महतो र ४५ वर्षीय राजु बोटसामान्य घाइते भएका थिए । घाइते कृष्ण र हेमराजलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।