हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–७, रमनटारको क्वारेन्टाइनमा रहेका १३ जना मध्ये ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मंगलबार स्वाब संकलन गरी हेटौंडास्थित प्रयोगशामा परीक्षणका लागि पठाइएकोमा बुधबार तीनजनामा संक्रमण पुष्टि भएको मनहरी गाउँपालिकाले जनाएको छ । मनहरीका तीन जनामा कोरोना भाइरसको संक्रमण पाइएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको दैनिक प्रतिवेदनमा पनि उल्लेख छ । मनहरी गाउँपालिकाका २९, ३३ र ४२ वर्षका तीनजना पुरुषमा कोरोना संक्रमण देखिएको हो । एक साताअघि खाडि मुलुकबाट मनहरी आइपुगेका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएसँगै उपचारका लागि हेटौंडा स्थित आईसोलेसन वार्डमा पठाइएको छ ।