हेटौँडाः मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकको फूल विक्रि वितरण एवम् प्रयोग नगर्न अनुरोध गरेको छ । बिहीबार एक सुचना जारी गर्दै नगरपालिकाले प्लाष्टिकको फूल विक्रि वितरण एवम् प्रयोग नगर्न अनुरोध गरेको हो ।

पालिकाले स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवम् प्रवद्र्धन गर्न अनुरोध गरेको हो । प्लाष्टिकका फूलको प्रयोगले वातावरण क्षति हुने, माटोमा नकुहिने, नगल्ने, वातावरणीय सौन्दर्य समेतमा नकारात्मक असर पर्ने भएकाले स्वदेशी तथा स्थानीय फूलमालाको प्रयोग नगरबासीहरुलाई अनुरोध गरेको हो । नगरपालिकाको सूचना विपरित प्रयोग गरेको पाइएमा नियमनको दायरामा ल्याउने नगरपालिकाले जनाएको छ ।