हेटौँडाः मकवानपुरको बागमती गाउँपालिका–२, राईगाउँमा शनिबार दिउँसो २ बजेको समयमा चट्याङ लागेर एकजना घाइते भएका छन् । चट्याङ लागेर ५९ वर्षीय जय बहादुर राई घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

घर नजिकै चौरमा राँगा–भैंसी चराएर बसेका जयबहादुरलाई चट्याङ लाग्दा बाँया छातीदेखि तिघ्रासम्म जलेर घाइते भएका छन् । जयबहादुर राईलाई हेटौँडास्थित चुरेहिल हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । जयबहादुरलाई शुक्रबार साँझ साढे ८ बजेको समयमा थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर जलन अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।