हेटौंडाः राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीले विद्यालय परिसरमा सरसफाइ गरेका छन् । हेटौंडा–४, कर्रास्थित श्रमिक माविका विद्यार्थीले शनिबार विद्यालय परिसर र विद्यालयको जग्गामा रहेको श्रमिक पार्कको सरसफाइ गरेका हुन् ।
विद्यालयमा गठन भएको वेष्ट स्मार्ट क्लबको अगुवाइमा सरसफाइ कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालय परिसरभित्र तथा बाहिर रहेका प्लाष्टिकजन्य फोहोरहरु सफा गरिएको क्लबका संयोजक शिक्षक भीमप्रसाद पाठकले जानकारी दिनुभयो । विद्यार्थी, अभिभावक र शिक्षकसमेतको सहभागितामा फूलबारी गोडमेल गर्नुका साथै विद्यालय परिसरमा रोपिएका विरुवा गोडमेल गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीले सरसफाइसम्बन्धी विभिन्न सन्देशमूलक नारा लेखिएको प्लेकार्ड तथा ब्यानरसहित ¥यालीसमेत गरेका थिए । ‘बालबालिकामा लगानीः सुरक्षित÷सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ ६० औं बाल दिवस शनिबार मनाइएको छ ।