नवनिर्वाचित समितिलाई सपथग्रहण गराउँदै ।

हेटौँडाः मकवानपुर कस्मेटिक व्यवसायी संघको अध्यक्षमा पुनः राजदेव बनियाँ चयन हुनुभएको छ । शनिबार हेटौँडामा भएको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट बनियाँ सर्वसम्मत दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा चयन हुनुभएको हो ।

बनियाँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । संघको वरिष्ठ उपाध्यक्षमा पंकज दास बनियाँ र उपाध्यक्षमा इन्द्रबहादुर ढकाल चयन हुनुभएको छ । महासचिवमा प्रकाश घिमिरे, सचिवमा सैयाद्दिन मिया र कोषाध्यक्षमा मोहन अग्रवाल चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा रामबहादुर घलान, प्रमिला राई (लिम्बु), केदारप्रसाद अधिकारी, गेपाल भट्ट र प्रदीप रौनियार चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल २ वर्षको हुनेछ ।

संघका अध्यक्ष बनियाँको सभाध्यक्ष तथा मकवानपुर उद्योग वाणिजय संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघका अध्यक्ष अमीतकुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो । दोस्रो कार्यकालका निर्वाचित अध्यक्ष बनियाँले सबै व्यवसायी संगठित भएर काम गरे अगाडि बढ्न सकिने बताउनुभयो । उहाँले कर कार्यालयसँग समन्वय गरेर कर परार्मशको विषयमा छलफल गर्ने योजना रहेको बताउनुभयो ।