हेटौँडाः हेटौँडाबाट काठमाडौं जाने कान्तिलोकपथ र सिस्नेरी–कुलेखानी सडकखण्ड सुचारु भएको छ ।
सोमबार दिउँसोको भारी वर्षाका कारण कान्तिलोकपथको भिमफेदी गाउँपालिका–८ महादेवटार र सिस्नेरी–कुलेखानी सडकको ईन्द्रसरोवर गाउँपालिका–३, रामचन्द्र भञ्ज्याङमा पहिरो खसेर अवरुद्ध भएको थियो । पहिरो पन्छाएर सोमबार साँझ ७ बजेदेखि दुबै सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुबै सडकमा दिउँसो साढे ३ बजेको समयमा पहिरो खसेको थियो ।