फाइल तस्वीर ।

हेटौँडाः हेटौँडाबाट काठमाडौं जाने कान्तिलोकपथ र सिस्नेरी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ ।

सोमबार दिउँसोको भारी वर्षाका कारण कान्तिलोकपथको भिमफेदी गाउँपालिका–८ महादेवटारमा पहिरो खसेको छ भने सिस्नेरी–कुलेखानी सडकको ईन्द्रसरोवर गाउँपालिका–३, रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुबै सडकमा दिउँसो साढे ३ बजेको समयमा पहिरो खसेको हो । दुबै सडकमा पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।