हेटौँडाः सिन्धुली जिल्लाको मरिण गाउँपालिका–७, दधिदमारमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । दधिदमारका २८ वर्षीय ज्ञानबहादुर भोलन आइतबार दिउँसो २ बजेको समयमा बाख्रा चराउन जाने क्रममा चुनियाँ खोलाले बगाएर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
भोलन आइतबार साँझ ६ बजेर १५ मिनेटको समयमा मृत भेटिएका थिए । भोलनको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट पठाइएको प्रहरीले जानकारी दिएको छ ।