हेटौँडाः दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–६, चोथाङमा गोरेटोबाटोमा लडेर एक वृद्धाको मृत्यु भएको छ । घरबाट चरिकोट बजारतर्फ जाने क्रममा गोरेटो बाटोबाट करिब ५ मिटर तल लडेकी ६० वर्षीया लक्ष्मी तामाङ मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
आइतबार दिउँसो १ बजेर ५० मिनेटको समयमा तामाङ मृत अवस्थामा भेटिएको भनी प्रहरीलाई जानकारी प्राप्त भएको बताइएको छ । प्रहरीले घटनास्थल पुगेर शवको मुचुल्कापश्चात आइतबार दिउँसो ३ बजेर १० मिनेटको समयमा पोष्टमार्टमका लागि चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पताल पठाइएको जनाएको छ ।