हेटौंडाः अन्तर्राष्ट्रिय वन विज्ञान विद्यार्थी संघ (आइएफएसए) हेटौंडाको दोस्रो अधिवेशन सोमबार र मंगलबार हुँदैछ । संघले ‘हरियाली हाम्रो भविष्यः स्थानीय कार्य, विश्वव्यापी प्रभाव’ भन्ने नाराका साथ अधिवेशन र विभिन्न कार्यक्रम आयोजना गर्दैछ ।

संघकी वर्तमान उपसचिव सिर्जना सुवेदीका अनुसार स्थानीय कंग्रेस २०२४ अन्तर्गत सोमबार समितिले हालसम्म गरेको प्रगति वितरण प्रस्तुत हुनेछ । संस्थाले वृक्षरोपण तथा सरसफाइका कार्यक्रम गर्दै आइरहेको छ । दोस्रो दिन मंगलबार संसद सञ्चालनबारे आम जनताको भविष्य हरियालीः स्थानीय कार्य, विश्वव्यापी प्रभाव शीर्षकमा युवा संसद प्रतियोगिता आयोजना हुनेछ ।

दुई वर्ष अगाडि संघ गठन भएको थियो । मंगलबार दुई वर्षका लागि ११ सदस्यीय समिति चयन हुनेछ । संघमा अहिले १ सयभन्दा बढी सदस्यहरु रहेका छन् ।