हेटौंडाः मकवानपुरमा आज बिहीबार ११ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार ११ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
डेंगु पुष्टि भएका ११ जनामध्ये ९ जना हेटौंडा उपमहानगरपालिकाका बासिन्दा रहेका छन् भने एकजना मकवानपुगढी गाउँपालिका र एकजना बकैया गाउँपालिकाका बासिन्दा रहेका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को साउन महिनामा मकवानपुरमा १३ जनामा डेंगु संक्रमण भएको छ । डेंगु पुष्टि हुनेमा १० जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । मकवानपुरगढि गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका एक जनमा डेंगु पुष्टि भइसकेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।