हेटौँडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–५, बाघखोरस्थित क्रसरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय रोहित रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बुधबार दिउँसो ३ बजेको समयमा सडक निर्माणका लागि स्थापना गरिएको अमर कन्ट्रक्सन क्रसरको ट्रान्समिटरको तारमा छुँदा बालकको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको मानसिक अवस्था ठिक नभएको प्रहरीले जानकारी दिएको छ । प्रहरी चौकी फाखेल र इलाका प्रहरी कार्यालय भिमफेदीबाट टोली खटिएर मुचुल्का तथा अनुसन्धान कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।