हेटौँडाः मकवानपुर जिल्लाको सितोरियो कराँते प्रशिक्षक नरेन्द्र श्रेष्ठको निधन भएको छ । कलेजोमा समस्या देखिएपछि उपचाररत प्रशिक्षक श्रेष्ठको ४८ वर्षको उमेरमा वीर अस्पताल काठमाडौंमा सोमबार बिहान निधन भएको हो ।

२०५४ सालदेखि २०६० सालसम्म करार प्रशिक्षकको रुपमा काम गर्नुभएका श्रेष्ठ २०६१ सालदेखि राष्ट्रिय खेलकुद परिषद्को स्थायी प्रशिक्षकको रुपमा नियुक्त हुनु भई मकवानपुर जिल्लामा कराँते प्रशिक्षण दिँदै आउनु भएको थियो । श्रेष्ठको पर्थिव शरीरको अन्त्येष्टि सोमबार बिहान हेटौँडा–१० स्थित राप्ती तटमा गरिएको छ । प्रशिक्षक श्रेष्ठको निधनमा मंगलबार मकवानपुर जिल्ला खेलकुद विकास समितिले कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।