आशिष दुलाल

“म थोरै लेख्छु, यौटा गीत लेखेको थिएँ, ८० प्रतिशत अंग्रेजी शव्दले भरिएका नेफोली शब्द यस्सो लिपलाप पारिएको । गवाउन मन लागेको थियो प्रताप दाश, सुशान्त केसीहरुलाई तर हिजो राती एआईले आएर २/४ वटा अप्सनमा गाइदिएछ र गएछ । बदलामा आजभोलि लोकेसन अफ गरेर हिँडे पनि ठाउँ पत्ता लगाउँछ,, मैले बोलेको सबै रेकर्ड गर्दोरछ, मैले बोलेको शब्दको आधारमा मलाई फेसबुकमा फोकटको विज्ञापन पठाईरहन्छ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) । हिजो नौलो थियो एआई, आज मित्र बनेर आएको छ, कतै हाम्रो कुर्सी÷कला, नेचर/नैतिकता खोसेर एआईले दुर्घटना त निम्त्याउँदैन ? लौ सुन्नोस्, मेरो शब्द एआई बहादुरको स्वर, संगीतमा यो गीत । यो गीतको संगीत संयोजन समेत एआई कै रहेको छ ।”

केहि समयअघि एक जना सञ्चारकर्मीको फेसबुकमा एउटा सुन्दर गीतको अडियो र एनिमेसन भिडियो देखियो, सबैले प्रशंसा गरे । उनको स्टाटस हेरेपछि थाहा भयो उक्त गीतमा शब्द त उनको थियो तर संगीत र स्वर कुनै स्ट्युडियोमा रेकर्ड गराइएको थिएन, गायकले रियाज गरेनन् न त संगीतकारले बाजागाजा नै बजाए । यो सबै कम्प्युटर र ईन्टरनेटमा एआई अर्थात आर्टिफिसियल ईन्टेलिजेन्सको करामत थियो ।

केहि दशक अघि भित्रिएको मोबाईल फोनप्रति लक्षित गर्दै मान्छेहरुले बरु ल्याण्डलाईन फोन नै ठिक, अब त जहाँ गयो, फोन “ट्यार्र–ट्यार्र” बज्छ, पछ्याएर हैरान बनाउँछ भन्थे । काम गर्न सहजता त भयो तर मोबाईलले पछ्याएको धेरैलाई धेरै समयसम्म अस्वाभाविक लागिरह्यो ।

हिजोआज मोबाईल फोन अझ स्मार्ट फोन भएको छ, फोनमा फोन मात्र बज्दैन, गीत बज्छ, समाचार पढिन्छ, हेरिन्छ, स्मार्ट फोन भित्र फोन, पत्रपत्रिका, रेडियो, टिभि, सामाजिक सञ्जाल, बैंक सबै अटाएको छ ।

त्यति मात्र हो र तपाईको हिँडाई, रक्तचाप, मुटुको चाल सबै जाँच्ने काम मोबाईलले नै गरिदिन्छ । वर्ड, एक्सल, पावर प्वाईन्टले नपुगेर अहिले मान्छेले एआई बनायो जसले मान्छे कै अस्तित्व र नैतिकतालाई कठघरामा उभ्याउने ल्याकत राख्दैछ । हलिउडको चलचित्र टर्मीनेटरमा आर्नोल्ड एउटा जवर्जस्तको मानवीय संवेदना समेत भएको रोवोटका रुपमा देखिएका थिए, यता बलिउडमा भर्खरै मात्र तेरी बातोँमे ऐसा उल्झा जिया नामक फिल्ममा कथाको मुख्यपात्रलाई नै रोबोटको रुपमा देखाएर मानवीय संवेदनामाथि कस्तो असरहरु हुन सक्छन् भनेर देखाइएको छ । यो त खैर कल्पनाका विषयवस्तुहरु हुन् । तर पनि जुन गति र दिशामा हाम्रो सूचनाप्रविधि र विज्ञान दौडिरहेको छ यसले पक्कै पनि वर्तमान समुदायलाई खुशीसँगै थप प्रश्न समेत खडा गरिदिएको छ ।

गत वर्षबाट सूचनाप्रविधिको क्षेत्रमा अत्याधिक सुन्नमा आएको आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) ले अहिले सानो वर्ड र भ्वाईस कमान्डका भरमा घण्टौँ र महिनौं लाग्ने कार्यहरु गर्न थालिसकेका छन् ।

अहिले एआईले व्यहोरा दिएको भरमा फोटो र चित्र बनाउँछ । मागेको भरमा मिठा सुन्दर कविता कोरिदिन्छ, प्लट दिएको भरमा फिल्मका धमाकेदार कथा लेखिदिन्छ अनि एउटा अनुहारको फोटो हालेकै भरमा लामो डिपफेक भिडियो निर्माण गरिदिन्छ एआईले । अपेक्षा गरेको कमान्डकै भरमा मिठो कर्णप्रिय संगीत भरिदिन्छ र नारायण गोपाल र लता मंगेशकर मात्र हैन नरेन्द्र मोदी र केपि ओलीको हुवहु स्वरमा गीत गाईदिन्छ । यसलाई तहल्का या विनास जसो पनि भन्न सकिन्छ यो त एआईको प्रगतिको एक प्रतिशतको हिस्सा मात्रै हो, एआईको विकासले अझ के–के देखाउँला अनुमान गर्न मात्र सकिन्छ ।

नैतिकरुपमा एआईले ल्याउन सक्ने चुनौती अवश्य नै धेरै हुन सक्छ जुन अब विस्तारै नयाँ पुस्ताले भोग्दै नै जाला तर अर्कातिर रोबोसटक्सको क्षेत्रमा, स्वास्थ उपचारका क्षेत्रमा वरदान समेत सावित भैरहेका छन् । यसले रोजगारी विस्थापन गर्न सक्ने चुनौति पनि व्याप्त भएको एकाथरीको तर्क छ भने अर्काथरी एआईका प्रयोगले कार्य प्रणाली थप व्यवस्थित हुने जिकिर गर्छन् । च्याट जिपिटी, सुनो एआई, पिकासो जस्ता कला क्षेत्रमा मात्र हैन स्वास्थ्य क्षेत्रमा वाट्सन फर स्वास्थ्य, एडा, डीप माइन्ड स्वास्थ्य, आईडीएक्स (डीआर) बटरफ्लाइ आईक्यू, आर्टेरिस, जेब्रा मेडिकल भिजन, एनविडिया क्लारा, बोय हेल्थ, पाथ एआई जस्ता एआई टुल्स रहेका छन् । त्यसैगरी रोबोसटक्सका क्षेत्रमा रोबोट डेभलपमेन्ट किट आरडुइनो, रस्पबेरी पाई, उपकरणवाला विज्ञान कार्यशाला (आईएसएल), गेजेबो सिमुलेटर, रोस (रोबोटिक्स अपरेटिंग सिस्टम), आईएसपीआई (अपरेटिङ सिस्टमलाई प्रोग्राम), वकिङआर्म (मैनिपुलेटर), लेजर स्क्यानर, रोबोटिक्स विषयक प्रोग्रामिङ सफ्टवेयर (आरपीजी एवं सीपीपी) आदि हुन् । यो सूची रोबोटिक्स विज्ञानमा उपयोग गर्ने प्रमुख उपकरणहरूको एक अंश मात्र हो र कृषि, वाणिज्यक, औद्योगिक आदि विभिन्न क्षेत्रमा रोबोटिक्स प्रयोग गर्ने उपकरणहरू थुप्रै छन् ।

विश्वभरको एआई विकासको वर्तमान परिदृश्यमा उल्लेखनीय परिवर्तनहरू देखिएको छ । अनेक देशहरूले एआई अनुसन्धानमा उल्लेखनीय विकास गरिरहेका छन् र यसले नयाँ तथा उन्नत प्रविधि उत्पादनहरूको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । समाजमा एआईको प्रयोग बढ्दै गएको छ, जसमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, आर्थिक विकास, र सुरक्षा आदिमा प्रयोग गरिएको छ । गहन अध्ययन र सिकाइको प्रभावकारी प्रयोगले एआई प्रविधिहरूको प्रगति गराएको छ र यसले अल्गोरिदम र मोडेलहरूको प्रभावकारी रूपमा प्रयोग गर्न सक्षम बनाएको छ । त्यसैगरी, एआई प्रयोगमा राजनीतिक र नैतिक मुद्दाहरू उठेका छन्, जसले नेतृत्व र नियमनका लागि संघर्षहरू र नियमन संघर्षहरू उद्घृत भएका छन् । यसले देखाउँछ कि एआईका क्षेत्रमा विश्वभरमा गति बढेको छ र यसले विभिन्न क्षेत्रहरूमा नयाँ अवसरहरू सिर्जना गरेको छ ।

एआईको खराब प्रभावहरू मध्ये केही निम्नलिखित छन्ः
बेरोजगारी समस्या निम्त्याउनेः एआई रोबोटहरूले कामकाजी व्यक्तिहरूलाई हानि गर्न सक्छन्, कारण यी रोबोटहरूले व्यक्तिहरूको कामकाजी क्षमताको अपहरण गर्न सक्छन् । । मान्छेहरुले गर्ने काम एआईले तुरुन्त गर्ने हुँदा श्रमिक तथा मानवीय श्रोतलाई बेरोजगार बनाउन सक्छ ।

पर्यावरणीय प्रभावः एआई तथा त्यसको उपयोगले पर्यावरणमा नकारात्मक प्रभाव प्रस्तुत गर्न सक्छ । केही प्राविधिक उपकरणहरूको निर्माण र प्रयोगले प्रदूषण बढाउन सक्छ ।
नैतिक अवशेषः एआई प्रयोग गर्दा नैतिक अवशेष उत्पन्न हुन सक्छ । कुनै पनि मानवीय संवेदना भत्काउने वा असाह्य नैतिकता र प्रतिष्ठाका मुद्दाहरूको सम्भावना बढ्छ ।
कार्यक्षमता गुम्नुः एआई प्रयोग गर्दा केही मानवीय कामकाजी क्षमताहरू नैतिक बनाइएको छ । यसले मानवीय आत्मसम्मान र कामकाजी रूचि घटाउन सक्छ ।
सुरक्षा धेरैतर्फीः एआर्ई तथा उसका प्रयोगमा बढी गल्तीहरू र सुरक्षा चुनौती प्रस्तुत गर्दछ । यसले व्यक्तिगत गोपनीयता र आम नागरिक स्वतन्त्रताको खतरा प्रस्तुत गर्दछ ।

यी खराब प्रभावहरूले एआई प्रयोगलाई सावधानीपूर्वक गर्ने र नैतिक र नैतिक संघर्षहरूमा समावेश गर्न आवश्यक छ । अबका दिनमा गीत संगीत तथा कलालाई एआईले सस्तो बनाईदिने पक्का छ । जसरी सामाजिक सञ्जालले मिडियाको महत्वलाई कम गराईदिए पश्चात परम्परागत मिडियाको मुल्य नै फिक्का बनाईदियो यस्तै कला र रंग दुनियाका महत्वपूर्ण प्रविधिहरुलाई सजिलो मात्र बनाई दिएन, सस्तो समेत बनाईदिने काम एआईले गरेकै हो । तर एआईलाई सत्रु र नैतिक कठघरामा उभ्याउने वातावरण श्रृजना गर्नु भन्दा मानवीय कार्यको सहयोगीका रुपमा मात्र लिएर प्रयोग गरे सम्भाव्य दुर्घटनाको स्थितिलाई न्युन गर्न सकिन्छ ।