हेटौंडाः अखिल नेपाल व्युटिसियन श्रमिक संघ जिल्ला कमिटी मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन हुनुभएको छ । बुधबार हेटौंडामा भएको संघको प्रथम जिल्ला सम्मेलनले तितुङको अध्यक्षतामा सर्वसम्मत २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा पार्वती माझी, सचिवमा साजनी माझी, सहसचिवमा लक्ष्मी लामा र कोषाध्यक्षमा प्रमिला नेम्वाङ चयन भएका छन् । यस्तै, सदस्यहरुमा निमा लामा, सरिता घिमिरे, रिमा लटौला शर्मिला, छिरिङ लामा, सविता कार्की, अस्मिता उप्रेती, सगुन पाख्रिन, अस्मिता लो, मुना बुढाथोकी, सुनिता थिङ, श्रीजना मोक्तान, मनिषा थापा, सरिता श्रेष्ठ, अनिषा कटुवाली मगर, मनिषा श्रेष्ठ, स्मिता लामा शाही, समन थापा मगर, प्रतिभा सुवेदी र राधिकाकुमारी पाख्रिन चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल २ वर्षको हुनेछ । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्य तथा व्युटिसिएन संघका केन्द्रीय सदस्य अञ्जु तुम्सिङ मगरको सभाध्यक्षतामा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा संघकी केन्द्रीय अध्यक्ष सविता आचार्य, नेकपा मोओवादीकी केन्द्रीय सदस्य प्रमिला लामा, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष लक्ष्मी पाख्रिनलगायतको आतिथ्य रहेको थियो ।