पेस्तो, गोली र लागुऔषध मुद्दामा पक्राउ परेपछि तीनैजनालाई सार्वजनिक गर्दै प्रहरी । फाइल तस्वीर ।

हेटौँडाः पेस्तोल, गोली र लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका तीनजनालाई जिल्ला अदालत मकवानपुरले पुर्पपक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

गत मंसिर १८ गतेका दिन हेटौँडा–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार भएको घटनामा संलग्न भएका हेटौँडा–१० का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । जिल्ला न्यायाधीश मनकुमारी जीएमको इजलासले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिनुभएको हो ।

प्रहरीले पौडेलको घरमा गोली हान्न प्रयोग भएको पेस्तोल, १९ राउण्ड गोली र २ ग्राम ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित तीनैजनालाई पक्राउ गरेको हो । अदालतको आदेशअनुसार प्रहरीले तीनैजनालाई भीमफेदी कारागार पठाइएको जनाएको छ ।