हेटौँडाः ७ वर्षअघि जिउँदो बच्चा फालेको अभियोगमा दोषी ठहर भएका मकवानपुरको थाहा नगरपालिका–९ का अनोज गमाललाई प्रहरीले पक्राउ गरेको छ । ज्यानसम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालतको २०७३ साल फागुन १ गतेको फैसलामा ३ बर्ष ११ महिना २५ दिन कैद तोकिएको थियो ।
प्रहरीले अनोजलाई मंगलबार पक्राउ गरेको जनाएको छ । पक्राउ परेका अनोजलाई कैद भुक्तानका लागि भीमफेदी कारागार पठाइएको प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।