हेटौंडाः बागमती प्रदेश सभाको बैठक आज मंगलबार बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा बैठकको हिउँदे अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको तेह्रौँ अधिवेशन बैठक बोलाउनुभएको हो । फागुन ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने निर्णयसहित प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेको थियो ।