गुगल तस्विर ।

हेटौँडाः विभिन्न घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको चितवन र दोलखा जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवन जिल्लाको खैरहनी नगरपालिका–२, चैनपुरमा एकजना मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा २४ वर्षीय कृष्णप्रसाद खनाल रहेको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार सोही स्थानमा बन्दै गरेको हर्वल कम्पनीको पर्खाल नजिकै छेउमा पुरुष मृत अवस्थामा रहेको खबर प्राप्त हुना साथ प्रहरी टोली खटि गई हेर्दा खनालको घाँटीमा धारिलो हतियार तरकारी काट्ने चक्कु रोपी रहेको अवस्थामा मृत फेला परेका थिए । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, कमलनगरमा एकजना वेबारिसे पुरुषको मृत्यु भएको छ । मंगलबार बिहान ८ बजेर ३० मिनेटको समयमा अन्दाजी ३५ वर्षीय पुरुष सडकमा बेहोस अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । पुरुषलाई उपचारका लागि उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–२, बाबरेमा एकजना वृद्ध मृत फेला परेका छन् । मंगलबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा अन्दाजी ७५ वर्षीय वृद्ध पुरुष रहेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि पशुपती चौलागाई स्मृति अस्पताल चरिकोटमा लगिएको प्रहरीले जानकारी दिएको छ

यस्तै, दोलखा जिल्लाको जिरी नगरपालिका–८, त्रिशुलेघाटमा बाटोबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३१ वर्षीय फल बहादुर सुनुवार रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार दिउँसो ४ बजेको समयमा सुनुवार घर फर्कने क्रममा बाटोबाट २० मिटर तल लडी घटनास्थलमा नै मृत्यु भएको थियो ।