पदक विजेता नेपाली खेलाडीहरु ।

हेटौँडाः छिमेकी मुलुक भारतको नयाँ दिल्लीको नोयडामा भएको प्रथम प्रधानमन्त्री कप आमन्त्रण तेक्वान्दो प्रतियोगितामा सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगितामा मंगलबार सम्पन्न भएको हो । मंगलबार भारतमा सम्पन्न भएको प्रतियोगितामा हेटौँडाबाट सहभागी सबै खेलाडीले पदक प्राप्त गर्न सफल भएका छन् । हेटौँडाका शिवहरी राईले स्वर्ण र रजत पदक गरी २ वटा पदक प्राप्त गरेका छन् ।

राईले पुम्से विधामा स्वर्ण र सिनियर अण्डर ४० तौल समूहमा रजत पदक प्राप्त गरेको मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव विक्रम लामिछानेले जानकारी दिनु भएको छ । यस्तै संयोग माझीले स्वर्ण प्राप्त गरेका छन् भने रविन्द्र डंगोल, प्रशन्न पौडेल र कृतिका बर्तौलाले रजत पदक प्राप्त गर्न सफल भएको सचिव लामिछानेले बताउनुभयो । हेटौँडाबाट सहभागी हुने खेलाडीहरुसँग टिम कोचको रुपमा विक्रम लामिछाने र रेफ्रिको रुपमा निरु कुमारी मगर दिल्ली जानु भएको थियो । प्रतियोगिता नोयडा तेक्वान्दो संघले आयोजना गरेको हो ।