नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरु ।

हेटौँडाः मकवानपुर जिल्ला टेबल टेनिस संघको अध्यक्षमा यादवराज गिरी चयन हुनुभएको छ । शनिबार भएको वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रवीन्द्र नेपाल, सचिवमा निर्दोष लुइटेल र कोषाध्यक्षमा नितेश पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यमा स्वीकार फुयाल, परासर वाग्ले र सुसन जोशी चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ४ वर्षको हुनेछ । साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले लोप हुँदै गइरहेको टेबल टेनिस खेलको विकास गर्न सबै खेलाडीहरु लाग्नुपर्ने बताउनुभएको छ ।

अहिलेको समयमा खेलाडीका लागि खेल खेल्ने स्थान नभएको, स्थानीय सरकारले ठाउँ उपलब्ध नगराएको कारणले गर्दा पनि मकवानपुरमा टेबल टेनिस खेल्ने खेलाडीको संख्यामा कमि आएको बताइएको छ । संघको निवर्तमान अध्यक्ष विजयराज जोशीको सभाध्यक्षमा तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्कीको प्रमुख आतिथ्यमा साधारण सभाको उद्घाटन कार्यक्रम भएको हो ।