नेकपा एमालेका उम्मेदवारहरु ।

हेटौंडाः राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी ९ नेमकिपा द्वारा मनोनयन दर्ता गराएको छ । सोमबार राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यालय हेटौंडामा उपस्थित भएर मनोनयन दर्ता गराएका हुन् ।

एमालेकी रोचकुमारी चौलागाईं दोलखाबाट, विवेक देवकोटा काठमाडौँबाट, ध्रुव विश्वकर्मा धादिङबाट र त्रिलोचन निर्मल पौडेल चितवनबाट रहनु भएको छ । नेपाल मजदुर किसान पार्टीबाट हिमालयश्रर मुल भक्तपुरबाट, श्रीकृष्ण महर्जन काठमाडौंबाट, संगीता नेपाली भक्तपुरबाट र कृष्णलक्ष्मी दुवाल भक्तपुरबाट रहनुभएको छ । बिहान १० बजेबाट सुरु भएको मनोनयन दर्ता दिउँसो ४ बजेसम्म रहने छ ।

निर्वाचनमा ३ सय ४७ जनाले मतदान गर्नेछन् । प्रदेश सभा सदस्य १ सय १० जना र २ सय ३७ स्थानीय तहका सदस्यहरुले मतदान गर्नेछन् । निर्वाचन अधिकृतको कार्यालयले पुस २२ गते आइतबार अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो। यस्तै पुस २४ गते मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ गते बुधबार र पुस २६ गते बिहिबार उजुरी माथि जाँचबुझ गरी निर्णय गर्नेछ । पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन, पुस २७ गते उम्म्देवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।