हेटौंडाः ११औँ राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा हेटौंडा अस्पतालमा रहेका सुत्केरी महिला र उपचाररत बालबालिकाहरुलाई अण्डा वितरण गरिएको छ । मंगलबार मकवानपुर कुखुरा व्यवसायी संघले अस्पतालमा पुगेर ६० क्रेट अण्डा वितरण गरेको हो ।
अस्पतालमा रहेका १८ जना सुत्केरी महिलाहरुका लागि दुई–दुई क्रेट (६० वटा) का दरले र अन्य १८ जना उपचाररत बालबालिकालाई एक–एक क्रेट (३० वटा) का दरले अण्डा वितरण गरिएको हो । ‘कुखुराको मासु र अण्डाको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ अस्पतालमा अण्डा वितरण गरिएको जनाएको छ । संघका अध्यक्ष राजेन्द्र मैनालीको सभाध्यक्ष तथा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख बज्रकिशोर ठाकुरको प्रमुख आतिथ्यमा अण्डा वितरण कार्यक्रम भएको हो ।