गुगल तस्बिर ।

हेटौंडाः मकवानपुरमा आइतबार ९ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार आइतबार ९ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

डेंगु पुष्टि भएका ९ जनामध्ये ५ जना हेटौंडा उपमहानगरपालिकाका बासिन्दा रहेका छन् भने ४ जना मनहरी गाउँपालिकाका बासिन्दा रहेका छन् । साउनयता मकवानपुरमा ७ सय ७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमा ५ सय ३६ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

यस्तै, साउनदेखि हालसम्म थाहा नगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका २० जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ७२ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३७ जना, बकैया गाउँपालिकाका २५ जना र राक्सिराङ गाउँपालिकाका २ जनामा डेंगु पुष्टि भएको छ ।