गुगल फोटो ।

हेटौंडाः मकवानपुर प्रहरीले हेटौंडा–१४ नयाँवस्तीबाट लागुऔषध गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउँसो ३ बजेर २० मिनेटको समयमा मयुरधापबाट रातोमाटे आउँदै गरेको अल्फाबेट नखुलेको ८३६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकल चालक प्रहरीलाई देखि पछाडि बोकेको झोला फाली भागेको थियो । प्रहरीले झोला खोली हेर्दा लागुऔषध गाँजा २० किलो फेला पारेको थियो । लागुऔषध गाँजा नियन्त्रणमा लिई मोटरसाइकल चालकको खोजी कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।