हेटौँडाः मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समिति सर्वसम्मतरुपमा चयन भएको छ । शुक्रबार सम्पन्न १७ औं क्याम्पस सभाबाट दोस्रो कार्यकालका लागि अनन्तप्रसाद पौडेल सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो ।
सञ्चालक समितिको सदस्यमा नवराज विष्ट, विष्णुप्रसाद दाहाल, बद्रिप्रसाद लम्साल, माइकल रामचन्द्र अर्याल, डा. कृष्णप्रसाद धिताल, अशोक शाक्य, प्रल्हाद लामिछाने र सर्केश घलान चयन हुनुभएको छ । सभाले लेखा समिति पनि सर्वसम्मत चयन गरेको छ । लेखा समितिको संयोजकमा नवराज अर्याल, सदस्यमा ध्रुब बहादुर भुजेल, रमिला कुमारी सापकोटा र अप्सरा बस्नेत चयन हुनुभएको छ ।
नवनिर्वाचित समितिको कार्यकाल ४ वर्षको हुनेछ । कक्षा ११ र १२, स्नातक र स्नात्तकोत्तर तहमा विज्ञान, वाणिज्य, मानविकी र शिक्षाशास्त्र संकायको अध्यापन हुने मकवानपुर बहुमुखी क्याम्पसमा ६ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत् छन् ।