बालश्रमको अनुगमन गर्दै । फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका र हेटौँडा–२ वडा कार्यालयको समन्वयमा बिहीबार आन्दाजी १५ वर्षीय बालश्रमिकको उद्दार गरिएको छ । हेटौँडा–२ स्थित मनकामना चोकमा रहेको मन्डल वर्कशपबाट एक श्रमिक बालकको उद्दार गरिएको हेटौँडा उपमहानगरपालिका नगर बालमैत्री सहजकर्ता सपना ढुङ्गानाले जानकारी दिनुभयो ।

२० दिनअघिदेखि उक्त वर्कशपमा काम गर्दै आएका ती बालकलाई उद्दार गरी बाल हेल्पलाइन मकवानपुरमा राखिएको छ । परिवार सम्पर्कमा आएपछि श्रम तथा रोजगार कार्यालय हेटौँडाको सहयोगमा परिवारलाई बालक जिम्मा लगाइने छ ।