हेटौँडाः हेटौँडा उपमहानगरपालिका १ नम्बर वडामा टोल विकास संस्थाका सदस्यहरुलाई बालश्रम र बाल बिबाह अन्त्यका लागि टोल विकास समितिको दायित्व र कर्तव्यको बारेमा सचेतना जगाउने उद्देश्यले सञ्चालित बालमैत्री तालिम सम्पन्न भएको छ । तालिम बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम १ नम्बर वडा र बालकल्याण समाज मकवानपुरको सहकार्यमा सञ्चालन गरिएको हो ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष सविन न्यौपानेले प्रत्येक टोल विकास समिति र विद्यालयका शिक्षकबाट कार्ययोजना बनाएर बालमैत्री घोषणाका लागि कार्ययोजना अनुरुप कार्य गरे बालमैत्री वडा सहजरुपमा घोषणा गर्न सकिने बताउनु भयो । ‘टोल विकास समितिले तालिममा बनाएको कार्य योजनाले वडालाई बालमैत्री बनाउन ठुलो योगदान पुग्दछ,’ न्यौपानेले भन्नुभयो ।
स्वास्थ्य प्रमुख पार्वती पौडेलले स्वास्थ्यको वर्तमान अवस्थाको चित्रण गरी गर्भवती महिला र सुत्केरीका लागि स्वास्थ्य केन्द्रमा आउन आग्रह गर्दै यस कार्यमा टोल विकास समितिहरुको सहजीकरण र भूमिका महत्वपूर्र्ण रहने कुरामा जोड दिनुभयो । तलिममा बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडा र नगर बालमैत्री सहजकर्ता सपना ढुंगानाले सहजीकरण गर्नुभएको थियो । बालबालिकाको परिचय, बाल अधिकार महासन्धि, बालबालिकाको अधिकार र कर्तव्य, बालबालिकाहरुमा लगानी, बालमैत्री अवधारणा, बालमैत्रीको ५१ वटा सूचकहरु र टोल विकास संस्थाको भूमिका आदि विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम बालमैत्री सम्पर्क व्यक्ति एवम् बडा सदस्य मनु दाहालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी रसाईली, वडासदस्य रामकृष्ण अधिकारी, वडा सचिब शान्ता लौडारी, बालमैत्री नगर सहजकर्ता सपना ढुगांना, टोल विकास संस्थाका अध्यक्ष रुपा ढुगांना, बाल अधिकार समिति सदस्य रमेश न्यौपाने, बालबालिका सञ्जाल संरक्षक बेगम बराल, वडा सहजकर्ता कृष्टीना मैनाली लगायतको आतिथ्य रहेको थियो ।
बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणाकोस्तरमा पु¥याउनु सामाजिक संस्थाको कर्तव्य र दायित्व भएकोले स्वस्फूर्तरुपमा सामाजिक अभियन्ताहरु पालिकाभरि नै क्रियाशील भइरहेको बताउनु भयो । कार्यक्रममा वडाका १३ वटा टोल विकास संस्थाले आगामी कार्ययोजना तयार गरी सबै टोल विकास संस्थाबाट प्रस्तुतीकरण गरेको थियो । हेटौँडा उपमहानगरपालिकाको १ नम्बर वडालाई भदौ २९ गते बालमैत्री पालिका घोषणा गर्ने लक्ष्य राखिएकोे छ ।