हेटौँडाः एसईईको ग्रेडवृद्धि मौका परीक्षामा सहभागी हुन एक हजार एक सय ६८ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार गत आइतबारसम्म ग्रेडवृद्धि मौका परीक्षाको फारम भर्ने म्याद थियो । एसईईको ग्रेडवृद्धि मौका परीक्षा आउँदो शुक्रबार र शनिबार हुँदैछ ।
शिक्षा विकास तथा समन्वय इकाईले आज बुधबार बैठक बसी परीक्षा केन्द्र निर्धारण गर्ने केन्द्रका प्रमुख दीनानाथ गौतमले जानकारी दिनुभएको छ । एकजना विद्यार्थीले दुईवटा विषयसम्म ग्रेडवृद्धिको परीक्षा दिन सक्नेछ । गत वर्ष दुई हजार ५ सय २६ जना विद्यार्थीले ग्रेडवृद्धि मौका परीक्षा दिएका थिए । यस वर्ष राम्रो नतीजा प्राप्त गरेका कारण गत वर्षभन्दा कम संख्यामा विद्यार्थीले ग्रेडवृद्धि मौका परीक्षामा सहभागिता जनाउने अवस्था रहेको इकाईको दावी छ ।