हेटौँडाः अवैध यौनधन्दा सञ्चालन गर्दै गरेको अवस्थामा मकवानपुर प्रहरीले हेटौँडाको बसपार्क क्षेत्रबाट होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

आइतबार राती प्रहरीले बालिकासहित ८ जना महिलालाई उद्दार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ । होटल सञ्चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले होटल र होटल सञ्चालकको नाम सार्वजनिक गरेको छैन ।