हाजिरीजवाफ प्रतियोगितामा सहभागीहरु ।

हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका–१, सानुटारस्थित राष्ट्रिय माविमा शुक्रबार हाजिरीजवाफ प्रतियोगिता भएको छ । शुक्रबार सहयोगी क्रियाकलापअन्तर्गत विद्यालयको वार्षिक योजनाअनुरुप ५ कक्षादेखि ७ कक्षासम्मका विद्यार्थी बीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो ।

राजेन्द्र प्रसाद चौँलागाईको संयोजकत्वमा प्रतियोगिता आयोजना गरिएको हो । विज्ञान, सामाजिक, नेपाली, गणित, स्थानीय तथा समसामयिक जस्ता विषयहरुको प्रश्नहरु सोधिएको थियो । कक्षा ७ की कञ्चन मुक्तान, कक्षा ६ की सृष्टि प्रजा र कक्षा ५ की सजनी गोलेको समूह प्रथम, कक्षा ७ का कृष्ण कुमाल, कक्षा ६ की कुमारी भ्लोन र कक्षा ५ का सुजन प्रजाको समूह द्वितीय भए भने कक्षा ७ का समीर घलान, सलिना थिङ र कक्षा ५ का मन्दिप स्याङ्तानको समूह तृतीय भएका छन् । विद्यालयका प्रधानाध्यापक मान बहादुर घलानको उपस्थितिमा कार्यक्रम भएको हो ।