हेटौँडाः हेटौँडा–८, कमानेमा शनिबार बिहान भएको रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् । स्थानीय सांगीतिक समूह अस्तित्व व्याण्डले ईन्द्र बहादुर थिङको स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग गरेको हो। रक्तदान कार्यक्रम वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यतामा भएको हो ।