हेटौँडाः तेस्रो संस्करणको मेयरकप फुटबल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाको ११ नम्बर वडाले जितेको छ । शनिबार भएको फाइनल खेलमा टाइब्रेकरमा ४–३ गोलअन्तरले ११ नम्बर वडाले उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
उपाधिसँगै ११ नम्बर वडाले नगद २ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको १५ नम्बर वडाले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमीफाइनलमा पराजित भएको वडा नम्बर १३ र १४ ले सान्त्वनास्वरुप ५०–५० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा हेटौँडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको थियो ।