हेटौँडाः हेटौँडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यलाई प्रस्ताव तथा प्रतिवेदन लेखन एवम् सदस्य शिक्षा कार्यक्रम आयोजना गरेको छ । शनिबार सहकारीको सभाकक्षमा सहकारीका अध्यक्ष फुलमान श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाको सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल र नेफ्स्कून जिल्ला शाखा मकवानपुरकी कार्यक्रम अधिकृत यमकला सुवेदीले सहजीकरण गर्नुभएको सहकारीका व्यवस्थापक राजेश श्रेष्ठले जानकारी दिनुभएको छ । उद्घाटन कार्यक्रममा ११ नम्बर वडा सदस्य गोपिनी सापकोटा, १९ नम्बर वडा सदस्य रमा गोले, सहकारीको लेखा समिति संयोजक ध्रुव प्रसाद पराजुलीको पनि आतिथ्य रहेको थियो । सहकारीका सदस्यलाई सहकारी शिक्षा कक्षा नियमितरुपमा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।