हेटौंडाः नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–२ गाङब्राङ खोलामा एक जना मानिस मृत फेला परेका छन् । मृत फेला पर्ने दुप्चेश्वर बस्ने ५० वर्षीय दुर्गा तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । तामाङ शनिबार ससुराली जान्छु भनी हिँडेकोमा सम्पर्कमा नआएपछि खोजतलास गर्दा आईतबार दिउँसो ४ बजेको समयमा खोलाको किनारमा मृत्त फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
यस्तै, धादिङ जिल्लाको गजुरी गाउँपालिका–६, बन्छेटारमा एकजना मानिस मृत फेला परेका छन् । मृत फेला पर्नेमा नामथर, ठेगाना नखुलेको ४० वर्षीय पुरुष रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । आईतबार दिउँसो २ बजे त्रिशुली नदिमा मृत फेला परेको शव मुचुल्का पश्चात पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–४ डाँडागाउँमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बलेफी बस्ने ६८ वर्षीय कामी सिंह तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । तामाङ शुक्रबार घरबाट गोरु बेचेको पैसा लिन गएकोमा घर नआएपछि खोजतलास गर्दा आईतबार साँझ ५ बजेको समयमा भीरबाट १० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–२ बाबरेमा भीरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिन्चोक बस्ने २२ वर्षीया गंगा थामी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । थामी आईतबार जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी थिईन् । घाईते थामीलाई उपचारका लागि चरिकोट अस्पताल लगिएकोमा दिउँसो १२ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।