फाइल तस्वीर ।

हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसईई) को तेस्रो दिन सोमबार अनिवार्य नेपाली विषयको परीक्षा भएको छ । नेपाली विषयको परीक्षामा १ सय २३ जना परीक्षार्थी अनुपस्थित भएका छन् । ४५ जना छात्रा र ७८ जना छात्र परीक्षामा अनुपस्थित भएका हुन् ।

६ हजार १ सय ५६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । ३ हजार ३ सय ६१ जना छात्रा २ हजार ७ सय ९५ जना छात्र परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्राविधिक प्रेमचन्द्र चौधरीले जानकारी दिनुभएको छ । प्राविधिक सहायक चौधरीका अनुसार एकजना किरियापुत्री परीक्षार्थीले पनि परीक्षा दिएका छन् । यस्तै हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयका २ जना दृष्टिविहीन विद्यार्थीले सहयोगीको साथमा परीक्षा दिएका छन् । चैत २९ गतेसम्म संचालन हुने परीक्षाको चौथो दिन मंगलबार अनिवार्य विज्ञानको परीक्षा हुँदैछ ।