हेटौंडाः हेटौंडामा ४ करोड रुपैयाँ नयाँ नोट साटिएको छ । मंगलबार र बुधबार गरी करिव २/२ करोड रुपैयाँ गरी ४ करोड रुपैयाँ नयाँ नोट साटिएको नेपाल बैंक लिमिटेड शाखा हेटौंडाका किरण मानान्धरले जानकारी दिनुभयो ।
असोज १९ गते विजया दशमी(दशैं टीका) का लागि यसवर्ष नेपाल बैंक शाखा हेटौंडामा ३ करोड ६० लाख रुपैयाँ मात्र नयाँ नोट साट्नको लागि प्राप्त भएको उहाँले बताउनुभयो । माग अनुसार नयाँ नोट नपुगेपछि बाँकी रहेका नयाँ नोट पनि बाँडिएको उहाँको भनाइ छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट साटेको थियो ।
२ दिन मात्र आम सार्वसाधारण नागरिकले नयाँ नोट साट्न पाउने व्यवस्था रहेकोले अब नयाँ नोट साट्न पाइने छैन । बैंकका कर्मचारीहरुले बिहीबार र शुक्रबारसम्म नयाँ नोट साट्न सकिने उहाँले बताउनुभयो ।